आनन्दजीले यसपटक नेकपा एमालेको ११औ महाधिवेशनमा सचिव पदमा सशक्त उम्मेद्वारी दिने घोषणा गरेका छन् । सायद दोलखाबाट पार्टीको महत्वपूर्ण पदमा उम्मेद्वारी दिने यीनी प्रथम प्रतिनिधि हुनेछन् । यद्यपि उनी अहिले काठमाडौं जिल्लाका इन्चार्ज हुन् । केन्द्रीय सदस्य स्वतः आयोजक हुने भएकाले उनले प्रतिनिधि हुन कष्ट व्यहोर्नु परेन ।
हुन त आजको राजनीतिक र सामाजिक क्षेत्रमा युवाको सशक्त उपस्थिती हुनेपर्ने माग जोडदार रुपमा उठिरहेको बेला युवा नेतृत्वको सुनिश्चितताका लागि “अण्डरफोर्टि” क्याटागोरी नै छुट्याएर पार्टिभित्र युवा प्रतिनिधित्वको ग्यारेन्टि गरेको छ । तर राजनीतिमा लोकसेवा पास गरेर जागिर खाए जस्तो नहुने रहेछ । उस्लाइ पार्टीले मात्र होईन समाज र विपक्षी पार्र्टीहरुले समेत स्वीकार गरेको हुनुपर्ने रहेछ । यस्को ज्वलन्त उदाहरण त वर्तमान सरकारलाई पनि हेर्न सकिन्छ । जेन्जिको उपस्थिती त सरकारमा न्युन छ नि हैन र ! स्वयम् प्रधानमन्त्री नै ७० कटेको ज्येष्ठ नागरिक हुनुहुन्छ । त्यस कारण राजनीतिमा उमेर मात्र हैन उस्को एजेण्डा र सक्रियता प्रमुख बिषय हो जस्तो लाग्दछ ।
हुन त आनन्द जी ६ दशक पार गरिसको छन् । पार्टीका विभिन्न निकायमा रहेर नेतृत्व गरिसके यो नै उनको जारी महाधिवेशनमा नेतृत्वमा रहेर जिम्मेवार लिने हक हो । आनन्दजीको बारे सतहमा बुझ्नेहरु माननीय (२०५६), संविधानसभा सदस्य (२०७०) सहित ४ पटक पार्टीले सांसदको टिकट दिएकै हो भन्ने पनि छन् । तर ती पद प्राप्ति मात्र हैन उनले गरेका संघर्ष र योगदानहरु सार्वजनिक हुनु जरुरी देखिन्छ ।
उनको अध्ययनको मुलथलो रामपुर कृषि क्याम्पस हो । त्यो बेला पञ्चायतको चर्को दमन त थियो नै त्यहि समयमा अनेरास्ववियुको साङ्गाठानिक नेतृत्वमा रहनु कम महत्वपूर्ण थिएन । एकातिर पञ्चायतको दमन अर्कोतिर प्रतिष्पर्धि नेविसङ्घसँग चर्को अन्तरविरोध । अखिल पक्षधर नै नेविसङ्घको निशानामा थियो । तर ज्यादा क्रियाशील आनन्दजी भएकाले उनी नै निसानामा थिए । अखिल छैठौंका मित्रमणि आचार्यको हत्या गरिएको बेला आनन्दजी बाल बाल बाँच्नुभएको हो । सायद अलिकति असावधानीमा रहेकोभए मित्रमणिको निशाना आनन्दजी प्रति सोझिने थियो । जब उनको गाउँ जफेमा आनन्दजी क्याम्पसमा नरहेको मित्रमणिको हत्या भएको र उनलाई पनि त्यहि लिष्टमा राखेको खबर आयो । गाउँमा एक किसिमको कोलाहल मच्चियो । न तुरुन्त चिठ्ठिपत्रको आवतजावत । फोनको त कल्पनै गर्न सकिदैनथ्यो । तर आफ्नो छोरामाथिको त्यस्तो हर्कत सुन्दा पनि कतिपनि नआत्तिने स्वभावकी साहसिली आमा रन्धता पोखरेलले उनकै सहपाठी इश्वरराज कार्कीसँग घरैमा गएर सबै बेलिबिस्तार लगाएपछि आनन्दजीलाई केहि हुन्न ढुक्क भएर बस्नु भनेपछि घर फर्कनुभएछ ।
एकातिर पञ्चायतको दमन अर्कोतिर नेविसङ्घसँग चर्को अन्तरविरोध रहँदारहँदै पनि आनन्दजी बिएससिएजि सकेर गाउँ फर्किए । विभिन्न अवसर, सरकारी जागिर, विदेश अध्ययन गर्ने छात्रवृत्तिका अनेकौं प्रलोभनलाई पन्छाएर जफे गाउँ पञ्चायतमा जनपक्षीय प्रधानपन्च लड्न तयार भए । त्योपनि साख्खै आफ्नै हजुरबुवा राम प्रसाद पोखेलसँग । कम्युनिष्ट चुनाव लड्न आयो भनेर उनीहरु खुसी भएनन् । बरु जसरी हुन्छ उम्मेद्वारी दर्ता गर्न नदिने दर्ता भैहाले उम्मेद्वारी रद्द गरिदिने अनेक प्रपन्च र जालझेल गर्न कोसिश गरे तर ति अनेक दुष्कर्मलाइ पन्छाउँदै आनन्द जनपक्षीय प्रधानपन्च जित्न सफल भए । चुनावमा मतदान भैरहेकै बेला उनका हजुरबाले तिर्खा लागेको बेला धाराको पानी कलकल पिउँदै भन्नुभो, “तिर्खामा पानी पियर आनन्द भो अब प्रधानपन्च पनि आनन्दै भयो ।” यसरी जनपक्षीय प्रधानपन्चमा विजयी भएपछि नै दोलखामा जनपक्षीयको नाममा कम्युनिष्ट पार्टी स्थापित हुँदै गएको हो ।
उनी प्रधानपन्च रहँदै २०४६ सालको जनआन्दोलनको उभारले पन्चायत ढल्यो र बहुदलीय प्रजातन्त्रको स्थापना भयो । अब राजनीतिमा अर्को कोर्स थपियो । पार्टीका कार्यालय स्थापना गर्नु पार्टीमा लाग्न प्रेरित गर्नु अझ भनौं कम्युनिष्ट पार्टीप्रति चलाएको भ्रमलाइ चिर्नु दैनिकी जस्तै बन्यो । हो, यसैगरी सक्रियतापूर्वक काम गर्दा आनन्द २०५६ मा सांसद र २०७२ मा पार्टी अध्यक्ष केपि ओलिको नेतृत्वमा बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भए । हो त्यहिबेला उनले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बुद्ध मात्र नेपालमा जन्मेका हैनन् बुद्धत्व पनि नेपालमै प्राप्त भएको हो भनेर स्थापित गर्न कोशिस गरे । महत्वपूर्ण मन्त्रालय सम्हाल्दा पनि मुलुक, पार्टि र दोलखाली जनतालाइ धोका दिएनन् ।
हामी सबैले सुनेबुझेकै कुरा हो उनले मन्त्रालयको नेतृत्व गरिरहँदा भ्रष्टाचारको गन्ध त्यो बेला हैन आज पर्यन्त पनि सुनिएको छैन । डुङ्गडुङ्गती गन्हाएकाहरुको बिचमा एक निश्कलंक नायक जस्तो लाग्छ आनन्द जी । राजनीतिमा जति सत्कर्म गरेपनि ईर्ष्या र डाहा गर्नेपनि हुँदा रहेछन् । पञ्चायतको दमन काँग्रेससँगको प्रतिष्पर्धा, माओवादीको हिंसात्मक गतिविधिसँग पौठेजोरी खेल्दै क्रियाशिलतापूर्वक ६ दशक उमेर पार गरेका पोलिटब्युरो सदस्य आनन्दजीको घरमा जेन्जिको नाममा अर्को आक्रमण सहनुपर्यो । त्यो घर जल्दा केवल इँटा, सिमेन्ट र रड मात्र जलेका थिएनन् सपरिवारको पसिना शताब्दि आयुको नजिक पुगेका बाआमाको श्रम र आनन्दजीलाइ देशी विदेशी मित्रहरुले दिएका उपहार, सम्म्मान, गाउँले दाजुभाइ र आफ्ना मतदाताले दिएका थुप्रै चिनोहरु जलेर खरानी भए । छोरा रिननको त लाउने कपडामा केबल लगायको हाफप्यान्ट टिसर्ट र चपल मात्र बाँकी रह्यो । यस्तो दुष्कर्म त पञ्चायत कालमा समेत नभोगेका आनन्दजीले आफैँले बल गरेर ल्याएको व्यवस्थाले आफ्नै घर जलाएको टुलुटुलु हेरेर बस्नुपर्यो ।
जेन्जी आन्दोलनपछिको कठिन बेलामा पनि घर जल्यो भनेर सुस्ताएनन् आनन्दजी । पार्टि सङ्गठन लोकतन्त्रको रक्षा र विकाशका लागि भनेर पायको जिम्मेवारी अनुसार आज पनि युवा जोसका साथ पार्टि काममा जुटिरहनु भएको छ । यहि क्रियाशिलतालाई अझ गति दिन र अझ भनौं पार्टिले दिएको गर्हौ भारी बोक्न तम्सिएका आनन्दजीले पार्टिको ११ औं महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी प्रस्तुत गर्नुभएको छ । पार्टिप्रति निष्ठावान, अध्ययनशील, मार्क्सवादी अध्ययेता मुलुक परिवर्तन गर्न हिँडेको एक अबृसान्त योद्धा यसपटक पार्टिको ११ औं महाधिवेशनबाट सचिव पदमा निर्वाचित गर्न उपयुक्त पात्र हुन् ।
आनन्दजीलाइ शुभकामना !