दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी विगु गाउँपालिकाको आयोजनामा सिँगटीमा जारी पुरुष भलिबल प्रतियोगिता अन्तरगत छनौट चरणका खेलहरु आइतबार सकिएका छन् ।
आइतबार भएका खेलमा गौरीशङ्कर–६ लाई पराजित गर्दै विगु–३, गौरीशङ्कर–६ लाई पराजित गर्दै विगु–७, गौरीशङ्कर–८ बि लाई पराजित गर्दै गौरीशङ्कर–४, गौरीशङ्कर–८ ए लाई पराजित गर्दै आयोजक ए टिम विजयी भएका छन् । त्यसैगरी शान्ति आदर्शलाई हराउँदै विगु–४, विगु–६ लाई हराउँदै विगु–८, शान्ति आदर्शलाई हराउँदै कालिञ्चोक–८ र गौरीशङ्कर–८ ए लाई हराउँदै विगु–१ ले जित हाँसिल गरेका छन् ।
आइतबार नै भएको खेलमा गौरीशङ्कर–२ लाई पराजित गर्दै गौरीशङ्कर–५ र आयोजक बि लाई हराउँदै कालिञ्चोक–९ विजयी भएका छन् । प्रतियोगिताको छनौट चरणको खेलमा सहभागि १९ टिममध्ये ३ टिम बाहिरिएका छन् भने १६ टिम नकआउट चरणमा प्रवेश गरेका रेफ्री हरिवंश बुढाथोकीले भिलेज खबरलाई जानकारी दिनुभयो ।
शान्ति आर्दश लादुक, विगु–६ र गौरीशङ्कर–८ छनौट चरणबाट बाहिरिएका हुन् । नकआट चरणका खेलहरु सोमबारदेखि सञ्चालन हुनेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी विगु गाउँपालिकाको युवा सशक्तिकरण तथा खेलकुद विभाग प्रमुख प्रकाश गुरुङको आर्थिक सहयोगमा भएको प्रतियोगितामा विगु, गौरीशङ्कर र कालिञ्चोक गाउँपालिकाभित्रका अन्तर वडास्तरीय १९ ओटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ५५ हजार, ४० हजार २५ हजार र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ट सर्भर, सेटर, स्पाईकर, डिफेन्डर, ब्लकरलाई सम्मान गरिनेछ ।