काठमाण्डौं । शुक्रबार काठमाण्डौंमा सम्पन्न सामुदायिक मेलमिलापकर्ता समाज (सिएमएस) नेपालको चौथो महाधिवेशनले नयनभक्त श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष गौरी चौधरी, महासचिव यज्ञ प्रसाद अधिकारी, सचिव दुर्गा बहादुर महत, कोषाध्यक्ष राजकुमार उप्रति चयन हुनुभएको छ । सदस्यहरुमा निवर्तमा अध्यक्ष शोभा बस्नेत, गोविन्द नारायण उपाध्याय, मिथिलेस कुमार कर्ण, नारायण प्रसाद अधिकारी, पार्वती भट्टराई, टिका सुवेदी, विमला सापकोटा, विश्वनाथ पाठक रहनुभएको छ ।
त्यसैगरी गगन खत्री, मुकुन्द प्रसाद भण्डारी, बलराम बजगाँई, मणिराज घिमिरे, सूर्य प्रसाद अधिकारी र जोनी खड्का सर्वसम्मत चयन हुनुभएको छ ।
आगामी २ बर्षका लागि चयन भएको नयाँ कार्यसमितिको पहिलो बैठकले पार्वती रोक्का र भक्त थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको नवनिर्वाचित अध्यक्ष नयनभक्त श्रेष्ठले जानकारी दिनुभयो । सामुदायिक मेलमिलापकर्ताहरुको छाता सङ्गठनको रुपमा रहेको सिएमएस नेपालले मेलमिलाप सम्बन्धि नीतिगत रुपमा वकालत तथा सैद्धान्तिक विषयबस्तुमा क्षमता अभिबृद्धि लगायका काम गर्दै आईरहेको छ ।