दोलखा । फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
आइतबार विहान सार्वजनिक भएको मत परिणाम अनुसार ३२ हजार ३७६ मत प्राप्त गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार जगदीश खरेल विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वत गुरुङले १७ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । खरेल र गुरुङको मतान्तर १४ हजार ९ सय २७ रहेको छ ।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका विशाल खड्काले १३ हजार ६५, चौथो स्थानका नेपाली काङ्ग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८, पाँचौं स्थानमा रहेका उज्यालो नेपाल पार्टीका निमा दोर्जे लामाले १ हजार ६ सय ६३ र छैटौं स्थानमा रहेका राप्रपाका प्रविण कुमार थोकरले १ हजार १० मत प्राप्त गरेका छन् ।
त्यसैगरी श्रमसंस्कृति पार्टीका हेप बहादुर थामीले ३ सय ८१, राष्ट्रिय परिवर्तन पार्टीका सुदर्शन कार्कीले ३ सय ५६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का राजकुमार लामिछानेले १ सय ६५, मङ्गोल नेशनल अर्गानाईजेशनका कुमार तामाङले १ सय ३, जनता समाजवादी पार्टीका गोपाल नेपालीले ६४, प्रगतिशील लोकतान्त्रिक पार्टीका कमल खत्रीले ६०, नेपाल मजदुर किसान पार्टीकी विमला श्रेष्ठले ४० र आम जनता पार्टीका शुक्र तामाङले २४ मत प्राप्त गरेका छन् ।
गणना भएको ८४ हजार २ सय ७५ मतमध्ये ४ हजार ४ सय ६० मत अर्थात ५.२९ प्रतिशत मत बदर भएको छ ।