दोलखा । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनको लागि दोलखाबाट ३२ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार खुल्लामा १०, महिला ४, पेशागत विषयविज्ञ १, युवा महिला १, युवा २, अपाङ्ग १, अल्पसंख्यक १, दलित १, प्रजातन्त्र सेनानी १, समानुपातिक दलित १, समानुपातिक आदिवासी जनजाति ३, समानुपातिक आदिवासी जनजाति महिला २, समानुपातिक खसआर्य २ र समानुपातिक खस आर्य महिला २ जना गरी ३२ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।
जसअनुसार खुल्लातर्फ जिपछिरीङ लामा, इश्वरनारायण मानन्धर, सन्तोष रिमाल, अजयबाबु शिवाकोटी, बाबुकाजी बस्नेत, राकेश श्रेष्ठ, दावा शेर्पा, रञ्जित कुमार पाठक, बर्मा लामा र छवि लामा रहेका छन् । त्यसैगरी महिलातर्फ बिनिता अधिकारी, छिरीङ डोल्मा शेर्पा, सिर्जना खड्का सुवेदी र सुनिता नेपाली निर्विरोध निर्वाचित भएका हुन् ।
पेशागत विषयविज्ञमा भरत कुमार लकाँई, युवा महिला प्रतिभा उप्रेती, युवामा प्रनिल तमाङ र सुमन लामा, अपाङ्गमा राजेश उप्रेती, अल्पसंख्यक रण बहादुर थामी, दलित चेत बहादुर विक, प्रजातन्त्र सेनानी उद्धवराज काफ्ले, समानुपातिक दलितमा रामकुमार नेपाली रहेका छन् । त्यस्तै समानुपातिक आदिवासी जनजातिमा लाक्पा शेर्पा, दावादोर्जे लामा र टेण्डु शेर्पा, आदिवासी जनजाति महिलामा बिमला योञ्जन र पासाढिकी तामाङ निर्वाचित भएका छन् ।
समानुपातिक खसआर्यमा राजन अधिकारी र अर्जुन प्रसाद शिवाकोटी तथा समानुपातिक खस आर्य महिलामा भगवती शाह खड्का र रञ्जिता बुढाथोकी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सुरुमा असोज १२ गते निर्वाचन गर्नेगरी असोज १० गते निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भएपनि १२ र १३ गते दुई दिनसम्म नेतृत्वले छलफल गरेर सहमतिमा केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेशसभास्तरको क्षेत्रिय नयाँ नेतृत्व चयन गरेको पार्टी उपसभापति अर्जुन प्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।
सर्वसम्मत छानिएका केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेशसभास्तरको क्षेत्रिय नयाँ नेतृत्वको नामावली मङ्गलबार राति सार्वजनिक गरिएपछि कतिपय उम्मेद्वारहरुले असन्तुष्टी व्यक्त गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यास नै गर्न नदिएको बताएका छन् ।