काभ्रेपलाञ्चोक । बिहीबार बिहान बनेपास्थित बुडोलमा दुईओटा यात्रुबाहक बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस एक आपसमा ठक्किएरर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २१ जनाको शीर मेमोरियल अस्पताल बनेपा र ४ जनाको धुलिखेल अस्पताल धुलिखेलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेहरू
१. दुर्गा सिमथान, बनेपा नगरपालिका–३
२. मनिष पहरी, भुम्लु गाउँपालिका–१
३. उर्मिला महत, बनेपा नगरपालिका–५
४. युसन बुजा, बनेपा नगरपालिका–५
५. देवकी निरौला, दिक्तेल, खोटाङ
६. छिरिङ लामा, लिसंखुपाखर गाउँपालिका–३ सिन्धुपाल्चोक
७. दिपा कुँवर,सुनकोशी गाउँपालिका–५ सिन्धुपाल्चोक
८. कल्पना खत्री, साँगाचोक नगरपालिका–१२ सिन्धुपाल्चोक
९.पाम्देल लामा, सुनकोशी गाउँपालिका–५ सिन्धुपाल्चोक
१०. राममाया तामाङ लिसंखुपाखर गाउँपालिका–३ सिन्धुपाल्चोक
११. अभिनाश खड्का, सुनकोशी गाउँपालिका–४ सिन्धुपाल्चोक
१२. संगिता काकी, सुनकोशी गाउँपालिका–६ सिन्धुपाल्चोक
१३. आरोब बुढाथोकी, सुनकोशी गाउँपालिका–६ सिन्धुपाल्चोक
१४. आसा सापकोटा, सुनकोशी गाउँपालिका–६ सिन्धुपाल्चोक
१५. एक ब. खत्री, सुनकोशी गाउँपालिका–१ सिन्धुपाल्चोक
१६. कान्छी खरेल, भुम्लु गाउँपालिका–५ काभ्रेपलाञ्चोक
१७. कृष्णलक्ष्मी श्रेष्ठ, सुनकोशी गाउँपालिका–८ सिन्धुपाल्चोक
१८. मानकुमारी शाह, काठमाडौं
१९. सबिना खड्का, हरिहरपुर नगरपालिका–४ सिन्धुली
२०. असिम पन्त, धुलिखेल नगरपालिका–८ काभ्रेपलाञ्चोक
२१. अस्मी पन्त, धुलिखेल नगरपालिका–८ काभ्रेपलाञ्चोक
धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरू
२२. सबिना खड्का, भुम्लु गाउँपालिका–८ काभ्रेपलाञ्चोक
२३. सानिया खड्गी, भुम्लु गाउँपालिका–८ काभ्रेपलाञ्चोक
२४. रोहन आचाय, पाँचखाल नगरपालिका–१० काभ्रेपलाञ्चोक
२५. सुनिता थपलिया, मेलुङ गाउँपालिका–१ दोलखा
दुर्घटनामा परेका दुवै बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको काभ्रपलाञ्चोक प्रहरीले जनाएको छ ।