मकवानपुर । बिहीबार बिहान भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक ईभी दुर्घटना हुँदा चालकसहित ११ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान अन्दाजी पौने ६ बजे काठमाडौंँबाट सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस गाडी सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षिय गाडी चालक रविशंकरकुमार मण्डल, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, अवधेश यादवकी श्रीमती ३५ वर्षिया पुनम यादव, अवधेश यादवकी छोरी ७ वर्षिया दिक्षा यादव, अवधेश यादवकी छोरी ५ वर्षिया दिपिका यादव, अवधेश यादवकी छोरी १० वर्षिया अनु कुमारी यादव रहेका छन् ।
त्यसैगरी सोहि ठाउँका करिब ३५ वर्षीय गुड्डु यादव, गुड्डु यादवकी श्रीमती ३२ वर्षिया गायत्री देवी, २६ वर्षिया रामदुलार यादव, २५ वर्षिय सुबोध यादव र १५ वर्षीय रोहन यादवको दुर्घटनामा परेर मृत्यु भएको छ ।
दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने अन्दाजी ३३ वर्षीय मुकेश यादव, सोही स्थान बस्ने गुड्डु यादवका ५ वर्षीय छोरा सक्षमकुमार यादव, गुड्डु यादवकै ३ वर्षीय छोरा सुजन यादव रहेका छन् । त्यस्तै बेचु भन्ने ३१ वर्षिय देवेन्द्र राय, २६ वर्षिय देवेन्द्र राय र अवधेश यादवका १४ महिने छोरा सुदिप यादव पनि घाइते भएका छन् ।