दोलखा । बिहीबार चरिकोटमा हुने दोलखा उद्योग वाणिज्य सङ्घको १६ औं अधिवेशनमा दिनेश पाठक र सनत थापाको प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।
पाठक र थापा सिङ्गासिङ्गै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । करिब एक हजार जना मतदाता रहको सङ्घको नेतृत्वमा पाठक र थापामध्ये कसले बाजी मार्ला भन्ने चर्चा सबैतिर चुलिएको छ । निर्वाचनको बेला दुवै पक्षले आफूले जित्ने दाबी गरीरहे पनि धेरै जसोले सहजै पाठक प्यानलले निर्वाचन जित्ने विश्लेषण गरीरहेका छन् ।
अध्यक्षका उम्मेद्वार पाठक आफैँ जिल्लामा सफल व्यवसायीको पहिचान बनाएका पात्र हुन् । सङ्घमा एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल प्रथम उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका पाठक अध्यक्षमा आउनु स्वभाविक हो । अर्कातिर पाठकले आफ्नो प्यानललाई साझा प्यानलको संज्ञा दिएका छन् । व्यवसायिक हितका लागि विभिन्न राजनीतिक दलमा आस्था राख्ने व्यवसायीहरु समेत राजनीतिक आस्था छोडेर आफू नेतृत्वको प्यानलबाट उम्मेद्वारी दिएकोले एजेण्डा र समर्थनका आधारमा आफ्नो प्यानलले चुनाव जित्ने पाठकको दाबी छ ।
करिब २० वर्षदेखि व्यवसायिक क्षेत्रमा लागेका पाठक जिल्लामा सफल व्यवसायीको रुपमा परिचित छन् । दीपज्योति इलेक्ट्रोनिक्स, सफल इन्टरप्राईजेज, जिल्लामै पहिलो पटक सुपर नाईन मार्ट सञ्चालन गरेका पाठकले कृषि तथा पशुपालन क्षेत्रमा समेत सफलता हाँसिल गरिसकेका छन् । इलेक्ट्रिक्स सङ्घ दोलखाको उपाध्यक्ष बनेर काम गरिसक्नुभएका ३८ वर्षिय जुझारु युवा पाठक व्यवसायिकसँगै खेलकुद र सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् ।
एमाले निकट मानिने पाठकको प्यानललाई राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस र अन्य दल निकटका व्यवसायीहरुको समेत साथ रहेको छ । उद्योग वाणिज्य सङ्घको कार्यसमितिमा बसेर काम गरिसकेका बरिष्ठ उपाध्यक्ष विमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, महिला उपाध्यक्ष कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमाल न्यौपाने र कोषाध्यक्ष चन्द्र तमाङ जिल्लामा सफल व्यवसायी मात्र नभई सामाजिक क्षेत्रमा समेत राम्रो छवि बनाएका पात्रका रुपमा चिनिन्छन् ।
पाठकको प्यानलमा अधिकांश युवाहरुको प्रतिनिधित्व रहेको छ । दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत चौलागाँई, मागापौवा शाखा सदस्य झम्क बहादुर श्रेष्ठ, सिँगटी शाखा सदस्य हिरो भित्रीकोटी तथा खुल्ला सदस्यहरु गम्भिर श्रेष्ठ र बासु थापा रहेका छन् ।
अहिलेको जिल्लाको सबैभन्दा ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी र दोस्रो ठूलो दल नेकपा एमालेसहित अन्य दलहहरु निकटका व्यवसायीको समर्थन रहेको पाठक प्यानल स्वभाविक रुपमा बलियो देखिएको हो ।
नेपाली काङ्ग्रेसनिकट मानिने सनत थापा नेतृत्वका प्यानलमा भने काङ्ग्रेस र नेपाली कम्युनिष्ट पार्टीनिकटका व्यक्तिहरु उम्मेद्वार बनेका छन् । बागमती प्रदेश उद्योग वाणिज्य सङ्घको सदस्य रहेका थापा हार्डवयर व्यवसायी हुन् । निवर्तमा अध्यक्ष इन्द्र श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्षको दाबेदार रहेका भएपनि पाठक प्यानल बलियो बन्ने थाहा पाएपछि श्रेष्ठले थापालाई अध्यक्षको रुपमा अगाडि सारेका हुन् । अर्कातिर एक महिना अगाडि मात्र प्रदेशको सदस्य बनेका थापा पदको लोभ गर्दै जिल्ला अध्यक्ष बन्न खोजेको देखिन्छ ।