दोलखा । जिरीमा जारी आठौं जिल्लास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत शनिबार भलिबल प्रतियोगितामा क्वाटर फाईनलका चार तथा सेमी फाईनलका दुई वटा खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा छात्र भलिबलतर्फ मेलुङ र कालिञ्चोक गाउँपालिका फाईनलमा पुगेका छन् । मेलुङले जिरी नगरपालिका तथा कालिञ्चोक गाउँपालिकाले विगु गाउँपालिकाको टिमलाई पराजित गरेका हुन् । त्यसैगरी छात्रा भलिबलतर्फ भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिका फाईनलमा पुगेका छन् । फाईनलमा पुग्न सफल भीमेश्वर नगरपालिकाले विगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकाले तामाकोशी गाउँपालिकाको टिमलाई पराजित गरेको रेफ्री अर्जुन थापाले जानकारी दिनुभयो ।
भलिबल प्रतियोगिता अन्तर्गत तेश्रो स्थानका लागि छात्रतर्फ जिरी नगरपालिका र विगु गाउँपालिका तथा छात्रातर्फ विगु र तामाकोशी गाउँपालिकाबिच आईतबार खेल हुनेछ । बाँकी रहेका सबै खेलको फाईनल आईतबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
एथलेटिक्समा १०० मिटर दौडमा छात्रतर्फ भीमेश्वर नगरपालिकाका स्वयम श्रेष्ठ प्रथम, बैतेश्वर गाउँपालिकाका रुद्रकुमार कार्की दोश्रो र जिरी नगरपालिकाका प्रदिप जिरेल तेश्रो भएका छन् । छात्रातर्फ जिरी नगरपालिकाकी रविना कार्की प्रथम, भीमेश्वर नगरपालिकाकी निशा महरा दोश्रो तथा विगु गाउँपालिकाकी गायत्री दियाली तेश्रो भएकी छिन् ।
२०० मिटर दौडमा छात्रतर्फ जिरी नगरपालिकाका सुनिल पाख्रिन प्रथम, गौरीशंकर गाउँपालिकाका रोशन बस्नेत दोश्रो र भिमेश्वर नगरपालिकाका सुदिप थापा तेश्रो भएका छन् । छात्रातर्फ जिरी नगरपालिकाकी रविना कार्की प्रथम, कालिञ्चोक गाउँपालिकाकी रिनुता श्रेष्ठ, दोश्रो तथा तामाकोशी गाउँपालिकाकी शर्मिला खाती तेश्रो भएकी छिन् ।
४०० मिटर दौडमा छात्रतर्फ जिरी नगरपालिकाका सुनिल पाख्रिन प्रथम, बैतेश्वर गाउँपालिकाका सुदिप मिजार दोश्रो र कालिञ्चोक गाउँपालिकाका दिनेशकुमार थामी तेश्रो भएका छन् । छात्रातर्फ तामाकोशी गाउँपालिकाकी सुस्मिता खाती प्रथम, जिरी नगरपालिकाकी दिकीछोमू शेर्पा दोश्रो तथा गौरीशंकर गाउँपालिकाकी पूजा जिरेल तेश्रो भएकी छिन् ।
त्यसैगरी ८०० मिटर दौडमा छात्रतर्फ तामाकोशी गाउँपालिकाका धिराज सुनुवार प्रथम, जिरी नगरपालिकाका दिपेश सुनुवार दोश्रो र भीमेश्वर नगरपालिकाका निङमा शेर्पा तेश्रो भएका छन् । छात्रातर्फ जिरी नगरपालिकाकी विमला तामाङ प्रथम, विगु गाउँपालिकाकी सुप्रिया जोशी दोश्रो तथा भीमेश्वर नगरपालिकाकी शर्मिला थामी तेश्रो भएकी छिन् ।
१०० मिटर रिले दौडमा छात्रतर्फ गौरीशंकर गाउँपालिकाका दानुरी शेर्पाको समूह प्रथम, जिरी नगरपालिकाका उज्जवल कार्कीको समूह दोश्रो तथा बैतेश्वर गाउँपालिकाका सुदिप मिजारको समूह तेश्रो भएका छन् । छात्रातर्फ जिरी नगरपालिकाकी संगिता विकको समूह प्रथम, तामाकोशी गाउँपालिकाकी सुस्मिता खातिको समूह दोश्रो तथा विगु गाउँपालिकाकी गायत्री दियालीको समूह तेश्रो भएका छन् ।