दोलखा । स्थानीय तह निर्वाचनको विभिन्न पालिकाका १३ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
१३ वटा वडामध्ये नेकपा एमालेले ४, नेपाली काङ्ग्रेसले ४, नेकपा माओवादी केन्द्रले ४ तथा नेकपा एकिकृत समाजवादीले १ वटा वडामा विजय हाँसिल गरेको छन ।
पछिल्लो मत परिणाम अनुसार बैतेश्वर गाउँपालिका वडा नम्बर–७ मा नेकपा माओवादी केन्द्रका मिनकुमार शिवाकोटी विजयी हुनुभएको छ । शिवाकोटीले एमाले उम्मेद्वार बाबुराम खड्कालाई पराजित गर्दै विजयी हुनुभएको हो । अघिल्लो निर्वाचनमा एमाले उम्मेद्वार रेशमराजस्वराज रिमालसँग पराजित भएका शिवाकोटी दोश्रो प्रयासमा सफल हुनुभएको हो ।
नेकपा एमालेले विजय हाँसिल गरेका वडाहरुः
१.कालिञ्चोक गा.पा.–१, पदम बहादुर थामी
२.बैतेश्वर गा.पा–८, शान्त बहादुर जिरेल
३.तामाकोशी गा.पा.–१, बसन्त थापा
४.जिरी न.पा–४, पदेमान जिरेल
नेपाली काङ्ग्रेसले विजय हाँसिल गरेका वडाहरुः
१.जिरी न.पा–१, कर्साङ शेर्पा
२.भीमेश्वर न.पा–१, माधव थामी
३.शैलुङ गा.पा.–१ वीर बहादुर घतानी
४.विगु गा.पा.–१, मेम बहादुर तामाङ
नेकपा माओवादी केन्द्रले विजय हाँसिल गरेका वडाहरुः
१.जिरी न.पा–२, ङिमापल्दे शेर्पा
२.जिरी न.पा–३, खेट बहादुर घिमिरे
३.गौरीशङ्कर गा.पा.–१, प्रकाश खड्का
४.बैतेश्वर गा.पा.–७, मिनकुमार शिवाकोटी
नेकपा एकिकृत समाजवादीले विजय हाँसिल गरेका वडाहरुः
१.मेलुङ गा.पा–२, रामकृष्ण भण्डारी