दोलखा । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेद्वारको तर्फबाट भएको खर्च विवरण समयमै नबुझाएपछि जिल्लाका केहि पालिका अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधि समेत जरिवानामा परेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार विगु गाउँपालिका अध्यक्ष सञ्जिव ओली, शैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठ, विगु गाउँपालिका उपाध्यक्ष देविका थामी, तामाकोशी गाउँपालिका उपाध्यक्ष सृजना सुवेदीले जनही ३ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्नेछ । त्यस्तै गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङ र कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकी पनि जरिवाना तिर्नुपर्ने सूचिमा रहनुभएको छ ।
त्यस्तै जिल्लाका नौ वटै स्थानीय तहका गरी ४८ जना वडा अध्यक्षले पनि जरिवाना तिर्नुपर्ने भएको छ । जरिवाना तिर्नुपर्ने वडा सदस्यको संख्या समेत ठूलो देखिएको छ । निर्वाचन खर्चको विवरण नबुझाएका वा ढिलो गरी बुझाएका उम्मेद्वारहरुले दिएको स्पष्टीकरण समेत चित्तबुझ्दो नभएको भन्दै जरिवाना तोकेको हो ।
निर्वाचन ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोहि ऐनको दफा २६ को उपदफा (१) बमोजिम गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई जनही ३ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यलाई जनही २ लाख तथा गाउँपालिकाका वडा अध्यक्ष तथा सदस्यलाई जनही १ लाख ५० हजार जरिवाना हुने आयोगले जनाएको छ ।
कानुनमा तोकिए बमोजिमको जरिवाना ६ महिनाभित्र नतिरेमा निर्वाचित जनप्रतिनिधि पदमुक्त हुनेछन् भने ६ बर्षसम्म उम्मेद्वार बन्न समेत नपाउने प्रावधान छ ।
जरिवानामा परेका वडा अध्यक्षहरुः
कालिञ्चोक गाउँपालिका
पदम बहादुर थामी – वडा नम्बर १
हेम बहादुर पाण्डे – वडा नम्बर २
दल बहादुर तामाङ – वडा नम्बर ३
दिपक खुलाल – वडा नम्बर ४
सहदेव खड्का – वडा नम्बर ५
भरत पाण्डे – वडा नम्बर ६
राम बहादुर पाण्डे – वडा नम्बर ७
सूर्य बहादुर आचार्य – वडा नम्बर ८
राम प्रसाद मैनाली – वडा नम्बर ९
विगु गाउँपालिका
मेम बहादुर तामाङ – वडा नम्बर १
दिपक ठकुरी – वडा नम्बर २
ढाल बहादुर तामाङ – वडा नम्बर ३
रामचन्द्र खड्का – वडा नम्बर ४
काले शेर्पा – वडा नम्बर ५
टहल बहादुर थामी – वडा नम्बर ६
दल बहादुर श्रेष्ठ – वडा नम्बर ७
हिरा थामी – वडा नम्बर ८
गौरीशङ्कर गाउँपालिका
शिवहरी खत्री – वडा नम्बर ४
सुन्दर खड्का – वडा नम्बर ५
निमासाङ्गे शेर्पा – वडा नम्बर ६
सोनाम शेर्पा – वडा नम्बर ७
दावारेन्जी शेर्पा – वडा नम्बर ८
ङिमगेली शेर्पा – वडा नम्बर ९
मेलुङ गाउँपालिका
इश्वर कोईराला – वडा नम्बर १
रामकृष्ण भण्डारी – वडा नम्बर २
बसन्त लामा – वडा नम्बर ३
सोम बहादुर बम्जन – वडा नम्बर ४
ललित बहादुर थापा मगर – वडा नम्बर ५
कुसुम लामा – वडा नम्बर ६
तामाकोशी गाउँपालिका
बसन्त थापा – वडा नम्बर १
इश्वरराज कार्की – वडा नम्बर २
राम प्रसाद काफ्ले – वडा नम्बर ३
नारायण खड्का – वडा नम्बर ४
कृष्णप्रसाद फूयाँल – वडा नम्बर ६
खुस बहादुर सुनुवार – वडा नम्बर ७
जिरी नगरपालिका
ङिमपल्दे शेर्पा – वडा नम्बर २
खेटराज घिमिरे – वडा नम्बर ३
नर बहादुर जिरेल – वडा नम्बर ५
शान्त नेपाली – वडा नम्बर ७
कृष्णकुमार खत्री – वडा नम्बर ८
शैलुङ गाउँपालिका
वीर बहादुर घतानी – वडा नम्बर १
वीर बहादुर तामाङ – वडा नम्बर ३
दिपक बस्नेत – वडा नम्बर ६
सुजन खड्का – वडा नम्बर ७
भीमेश्वर नगरपालिका
स्टालिन श्रेष्ठ – वडा नम्बर २
बासु श्रेष्ठ – वडा नम्बर ५
नविन कुमार लामा – वडा नम्बर ६
बैतेश्वर गाउँपालिका
भुवन घिमिरे – वडा नम्बर ५