दोलखा । दोलखा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि दुई ओटा प्यानलले मङ्गलबार उम्मेद्वारी दर्ता गराएका छन् ।
वैशाख ३१ गते हुने अधिवेशनका लागि दिनेश पाठक र सनत थापा नेतृत्वको छुट्टाछुट्टै प्यानलले उम्मेद्वारी दर्ता गराएको हो । पाठकको टिमबाट बरिष्ठ उपाध्यक्ष बिमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, महिला उपाध्यक्ष कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमाल न्यौपाने, कोषाध्यक्ष चन्द्र बहादुर तामाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, मागा देउराली शाखा सदस्य झम्क बहादुर श्रेष्ठ, सिँगटी शाखा सदस्य हिरो भित्रीकोटी, एशोसिएट्स सदस्य प्रदिप शिवाकोटी रहेका छन् । त्यसैगरी खुल्ला सदस्यहरुमा गम्भीर श्रेष्ठ र बासुकुमार थापाले पाठक प्यानलबाट उम्मेद्वारी दिएका छन् ।
थापाको टिमबाट बरिष्ठ उपाध्यक्ष प्रविन श्रेष्ठ, उपाध्यक्ष विवेक कुमार खत्री, महिला उपाध्यक्ष कल्पना श्रेष्ठ, महासचिव सुरेश उप्रेती, सचिव अनिल रिजाल, कोषाध्यक्ष रामशरण बस्नेत, दलित सदस्य प्रकाश नेपाली र महिला सदस्य पार्वती भण्डारी रहेका छन् । त्यसैगरी मागादेउराली शाखा सदस्यमा छोनाम्गेल तमाङ, सिँगटी शाखा सदस्यमा रिम बहादुर ओली, एशोसिएट्स सदस्यमा पुरुषोत्तम बुढाथोकी तथा खुल्ला सदस्यहरुमा कुमार श्रेष्ठ र राजेश उप्रेतीले थापा प्यानलबाट उम्मेद्वारी दिएका छन् ।
पाठक प्यानलमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काङ्ग्रेसनिकटका व्यक्तिहरु समावेश भएका छन् भने थापा प्यानलमा नेपाली काङ्ग्रेस र नेपाली कम्युनिष्ट पार्टी निकटका व्यक्तिहरु देखिएका छन् ।